नियम
उजुरी गर्न सक्ने
(१) विभागले उद्योग दर्ता गर्न अस्वीकार गरेको निर्णयउपर चित्त नबुझ्ने पक्षले ऐनको दफा ६ को उपदफा (१) बमोजिम मन्त्रालयमा उजुरी दिँदा अनुसूची-५ र प्रदेशको उच्योग दर्ता गर्ने निकायले दर्ता गर्न अस्वीकार गरेको निर्णयको हकमा सम्बन्धित प्रदेशको उद्योग: हेर्ने मन्त्रालयमा अनुसूची-६ बमोजिमको ढाँचामा दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम (उजुरी दिँदा देहायका कागजात समेत संलग्न गर्नु पर्नेछ:-

(क) बिभागले गरेको निर्णयको प्रतिलिपि,

(ख) उद्योग दर्ताको लागि विभागमा पेश गरेको बिवरण र कागजातको प्रति,

(ग) आफ्नो उजुरीको व्यहोरा पृष्टि गर्ने अन्य प्रमाण कागजात।